‘निर्जला’को दशै गीतमा दशैको रमझम

काठमाडौं –सामाजीक प्रेमकथानक फिल्म ‘निर्जला’ मा समाबेश दशै गीत सार्वजनीक गरिएको छ । राजु गिरीको निर्देशनमा प्रकाशचन्द्र न्यौपानेले निर्माण गरेको फिल्म १९ असोजमा प्रदर्शन हुदैछ ।

केही समयअघि भाले मोटर बोलको गीत सार्वजनीक गरेको ‘निर्जला’ फिल्मले बिहीबार राजधानीमा प्रेसमिट गरि यसपालीको दशैमा बोलको गीत दर्शकमाझ ल्याएको हो । गीतमा दशैको रमझम प्रस्तुत गरिएको छ ।

दशैको अबसर पारेर प्रदर्शन गर्न लागीएको फिल्मको सो गीत बाबुल गिरी र सुजता बर्माले गाएका हुन् । बाबुलकै संगीत रहेको गीत दिनेश सुवेदीले लेखेका हुन् । कमल राईले कोरियोग्राफी गरेको गीतमा फिल्मका सबै प्रमुख कलाकारलाई प्रस्तुत गरिएको छ ।

निर्माता न्यौपानले ‘निर्जला’ निकै राम्रो फिल्म बनेकाले दर्शकले मन पराउने बिश्वास ब्यक्त गरे । उनले आफूहरुले दर्शकलाई दशैको कोसेली स्वरुप ‘निर्जला’ पस्कन लागेको बताए । निर्देशक गिरीले ‘निर्जला’ आफ्ना बिगतका फिल्मभन्दा निकै भिन्न र समाजीक कथामा रहेको बताए । त्यसैगरी, अभिनेता किशोर खतिवडा र अभिनेत्री शुभेच्छा थापाले नारी प्रदान फिल्म भएकाले सबैले हेर्नु पर्ने धारणा राखे ।

फिल्ममा किशोर र शुभेच्छाका साथमा श्याम राई, सुरवीर पण्डित, निक शर्मा,राजकुमार थापा,पल्पसा डंगोल, रश्मी भट्टलगायतका कलाकारको अभिनय छ । रबि कोइरालाले खिचेको फिल्म तारा थापा किम्भले सम्पादन गरेका हुन ।

Give Your Opinion On "‘निर्जला’को दशै गीतमा दशैको रमझम"