घुस लिँदालिँदै रंगेहात पक्राउ परेका डिएसपी श्यामकुमार राईलाई छाड्ने आदेश

काठमाडौं– एक महिनाअघि बालुवा व्यापारीसँग १ लाख ४० हजार घुस लिँदालिँदै रंगेहात पक्राउ परेका डिएसपी श्यामकुमार राईलाई विशेष अदालतलले छाड्ने आदेश दिएको छ । राईलाई घुस बराबरको धरौटी रकम लिएर छाड्ने आदेश दिएको हो ।

महानगरीय प्रहरी बृत्त बौद्दका तत्कालीन प्रमुख रहेका राईलाई बालुवा व्यापारीसँग घुस लिँदालिँदै अख्तियारले रंगेहात पक्राउ गरेको थियो ।
न्यायाधीशहरु द्वारिकामान जोशी, रतन्बहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले डिएसपी राइलाई छाड्ने आदेश दिएको हो । उनले काठमाडौंको बौद्द क्षेत्रमा चन्दा असुली गरेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी समेत परेको थियो ।

Give Your Opinion On "घुस लिँदालिँदै रंगेहात पक्राउ परेका डिएसपी श्यामकुमार राईलाई छाड्ने आदेश"