दीपिका र रणवीरको विवाह मण्डपको फोटो सार्वजनिक

एजेन्सी । बलिउडका चर्चित स्टार जोडी दीपिका पादुकोण र रणवीर सिंह सोमबार  विवाह बन्धनमा बाँधिएका छन् ।

इटालीको कोमो ताल छेउमा रहेको कोष्टा डिभा रिजोर्टमा भएको एक समारोहमा उनीहरुले कोंकणी परम्परा अनुसार लगनगाँठो बाँधेका हुन् ।

नवविवाहित जोडीको विवाहस्थलको तस्बिर प्रशंसकहरुले निकै व्यग्रताका साथ प्रतिक्षा गरिरहेका बेला दीपिका आफैंले सामाजिक सञ्जाल फेसबुकमार्फत विवाह मण्डपको फोटो सार्वजनिक गरेकी छन् ।

यो जोडीको अन्तिम तस्वीर यी दुई इटाली प्रस्थान गर्दै गर्दाको मात्र देखिएको थियो । उक्त तस्विरमा उनीहरु दुवै जना सेतो पहिरनमा देखिएका थिए ।

त्यसयता उनीहरु विवाह मण्डपमा बसेको एउटा पनि तस्विर बाहिर आएको थिएन् । बिहीबार मात्र उनीहरुको विवाह मण्डपमा बसेको तस्बिर सार्वजनिक भएको हो ।

विवाहको बाँकी विधि अथवा विवाहस्थलको तस्विर वा जानकारी बाहिर ल्याउन यो जोडीले अत्यन्त गोप्यता अपनाएको थियो ।

विवाहमा दुलाहा दुलहीले आमन्त्रीत गरेका केही चुनिएका आफन्तजन र मित्रहरु सहभागी थिए ।

Give Your Opinion On "दीपिका र रणवीरको विवाह मण्डपको फोटो सार्वजनिक"