अजयको यस्तो छ तानाजी फष्टलुक

मुम्बई – छत्रपति शिवाजी महाराजका सेनापति तानाजी मालुसेरको बिषयमा बनेको फिल्म ‘तानाजी ःद अनसँग वरिअर’को अभिनेता अजय देवगनको फष्टलुक सार्वजनिक भएको छ । फिल्मका निर्देशक ओम राउतले नयाँ बर्षको अवसर पारेर अजयको लुक सार्वजनिक गरेका हुन् । यसै बर्षको २२ नोभेम्बरमा रिलिज हुँदैछ ।

फिल्ममा अजयको अलवा सैफअली खानको पनि अभिनय रहेको छ । सैफले राजपुत अरिअर उदयभान राठौरको भुमिकामा देखिने छन् । सैफ १२ बर्षपछि अजयका साथ देखिदैछन् । यस अगाडि उनले अजयका साथ ओमकार अभिनय गरेका थिए ।  यी कलाकारको अलवा फिल्ममा सलमान खान पनि देखिन सक्छन् । सलमानले छत्रपति शिवाजीको भुमिका निर्बाह गर्ने चर्चा छ ।

फिल्ममा थ्रिडि इफेट्सको पनि प्रयोग गरिएको छ । त्यसकारण पनि फिल्म सबैको रोजाइमा पर्न सक्नेछ ।

Give Your Opinion On "अजयको यस्तो छ तानाजी फष्टलुक"