मिस नेपालको आवेदन खुल्ला

काठमाडौं – ‘मिस नेपाल २०१९’को लागि आवेदन खुल्ला गरिएको छ । ‘द हिडेन ट्रेजर’ले आइतबार होटल अन्नपुर्णमा एक पत्रकार सम्मेलन गरि मिस नेपालको नयाँ संस्करणका लागि आवेदन खुला भएको जानकारी दिएको हो ।

१९ वर्षदेखि २५ वर्षसम्मका अविवाहित युवतीहरू सहभागी हुन सक्ने मिस नेपाल प्रतियोगितामा ५.४ इन्चभन्दा बढी उचाइ भएका, नेपाली नागरिकता र पासपोर्ट भएका महिलाले मात्र सहभागिता जनाउन सक्नेछन् ।

अडिसनबाट २० देखि २५ प्रतिस्पर्धी छानिने छन् । यसमा मि ओसियाना, मिस हङकङ, मिस पोखरा, मिस पुर्वाचल र मिस पश्चिमान्चलका बिजयी समेत सहभागी हुनेछन् ।
अन्तिम प्रतियोगीलाई काठमाडौंमा ७ हप्तासम्मको प्रशिक्षण दिइने छ भने प्रतियोगिता अनितम स्पर्धा ९ मे महिनामा आयोजना हुनेछ । मिस नेपाल सुरु भएको २५ बर्ष पुगेकोले यस पटकको मिस नेपाल बिषेश हुने आयोजकले जनाएको छ ।

Give Your Opinion On "मिस नेपालको आवेदन खुल्ला"