कुबेर गिरीलाई सोशियल रंगममञ्च पत्रकारिता पुरस्कार

काठमाडौं –पत्रकार कुवेर गिरी ‘सोशियल रंगममञ्च पत्रकारिता पुरस्कार २०७५’बाट सम्मानित भएका छन् । ‘सोशल मिडिया अवार्ड २०७५’ उनलाई सो सम्मान प्रदान गरिएको हो ।
आइतबार जमलस्थित एल्लोपेगोडा होटलमा आयोजित अवार्ड समारोहमा गिरीलाई बरिष्ठ रंगपत्रकार शान्ती प्रिय, डब्बु क्षेत्री, बिजयरत्न तुलाधर लगायतले माला, खादा, प्रमाणपत्रका साथै नगद रु ११,१११।– (अक्षरुपी एघार हजार एक सय एघार मात्र) सम्मान गरिएको हो ।

कार्यक्रममा सामाजिक, चलचित्र लगायतका विभिन्न प्रकारका जनचेतनामूलक कार्य गरे वापत उत्तम सञ्जेललाई रु ११,१११।– (अक्षरुपी एघार हजार एक सय एघार( नगद सहित ‘सोसिय मिडिया सामाजिक अभियान्ता सम्मान २०७५’ र सञ्चारकर्मी, फिल्म निर्देशक संगीत श्रेष्ठलाई रु ११,१११।– (अक्षरुपी एघार हजार एक सय एघार मात्र) नगद सहित ‘चलचित्र कर्मी सम्मान २०७५) प्रदान गरियो ।

Give Your Opinion On "कुबेर गिरीलाई सोशियल रंगममञ्च पत्रकारिता पुरस्कार"