गायिका लिजा सद्भावना दूत

काठमाडौं– गायिका लिजा लामा आमात्य तार जाली प्रालिको सद्भावना दूत बनेकी छन् । आमात्य तार जालीका एमडि सुनिल कुमार आमात्य र गायिका लामा बीच एक वर्षसम्म सद्रभावना दूत रहने गरी सम्झौता भएको हो ।

पछिल्लो समय गायिका लिजा लामालाई उपत्यका भित्र र बाहिर हुने महोत्सव वा साँस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन भ्याई नभ्याई छ ।
सानै उमेरदेखि संगीत क्षेत्रमा सकृय रहदै स्कुले जिवनमा पनि थुप्रै साँस्कृतिक कार्यक्रमहरुमा आफ्नो गलाको कला देखाई सकेकी छन् । संगीतको प्रशिक्षण लिएकी गायिका लामाले पछिल्लो पटक ‘मलाई नेपाली चेली भन्दा सुहाकै छ…….’ बोलको गीत सार्वजनिक गरेसंगै एकाएक चर्चामा आएकी हुन् ।

म्युजिक भिडियोले पनि सफलता पाईरहेको छ । पप, आधुनिकमात्र होईन सबै प्रकारको गीत गाउन आफु तयार रहेको बताउने गायिका लामा चलचित्रको पाश्र्व गायनमा जम्ने सम्भावना बोकेकी आशा लाग्दी गायिका हुन् ।

गीत, संगीतको क्षेत्रमा नै निरन्तर संगर्षरत रहने बताउछिन् उनि । गायन त छदै छ नृत्यमा पनि उनि पारङ्गत छिन् ।

Give Your Opinion On "गायिका लिजा सद्भावना दूत"