लिटिल मिस हेरिटेज नेपालका लागि आवेदन खुल्ला

काठमाडौं,
फाल्गुन २७ ।

जेनिथ ईन्टरटेनमेन्ट आयोजक रहेको ‘लिटिल मिस हेरिटेज नेपाल २०१९’को आवेदन खुल्ला भएको छ । सोमबार एक बिज्ञप्ती जारी गर्दै जेनिथ ईन्टरटेनमेन्टले प्रतियोगिताको आवेदन खुल्ला भएको जनाएको हो ।

स्कुल अध्यायन गर्ने छात्राहरुको क्षमता निखार्दै उनीहरुको भविष्य उज्वल बनाउने उद्देश्यले आयोजना हुँदै आएको प्रतियोगितामा सिनियर तथा जुुनियर एकएक विजेता छानिने छन् ।

आयोजकका अनुसार ‘जुनियर लिटल मिस हेरिटेज’का लागि ८ देखि १३ र ‘सिनियर लिटल मिस हेरिटेज’का लागि १३ देखि १७ बर्षसम्मका छात्राहरुले आवेदन भर्न सक्नेछन् ।

जेनिथ ईन्टरटेनमेन्टको फेसबुक पेज तथा संस्थाको नयाँ बानेश्वरस्थित कार्यलयबाट पनि आवेदन भर्न सकिने प्रतियोगिताको पहिलो अडिसन यही चैत्र २३ गते तीनकुनेस्थित मण्डला ब्याङ्क्वेटमा आयोजना हुँदैछ । अडिसनबाट छानिएका प्रतियोगितले अन्तिम स्पर्धाका लागि कलाकार, मोडेल, चर्चित ब्यक्तिबाट बिभिन्न प्रशिक्षण लिनेछन् ।

मिस हेरिटेज नेपालका दुबै शिर्ष बिजेताले आकर्षक नगद पुरस्कार, म्युजिक भिडियो तथा अध्यायनका लागि बिभिन्न छात्रवृत्तिको साथ नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुने अबसर प्राप्त गर्ने जारी बिज्ञप्तीमा जनाइएको छ ।

Give Your Opinion On "लिटिल मिस हेरिटेज नेपालका लागि आवेदन खुल्ला"