मिस नेपाल पिसका लागि २६ प्रतियोगि छनौट

काठमाडौं – स्काइफल ‘मिस नेपाल पिस २०७५’का लागि २६ नर्स छनौटमा परेका छन् । नेक्स्ट मोडल्स नेपालको केन्द्रीय कार्यलय टेकुमा आयोजित छनौट चरणको अडिसनमा करिव ९ दर्जनले सहभागीता जनाएका थिए ।
‘सशक्त महिला सबल राष्ट्र’ भन्ने नारासहित स्वास्थ्य पेसासँग सम्बन्धित यो एकमात्र सौन्दर्य प्रतियोगिता हो । अन्तराष्ट्रियस्तरमा शान्ति सन्देश फैलाउँदै नर्सिङ पेसा रोजेका र अध्ययन गरिरहेकालाई पेसा र समाज प्रति थप उत्तरदायित्व बोध गराउने उद्देश्यले यो प्रतियोगिता विगत ६ वर्षदेखि नियमित आयोजना हुँदै आएको छ ।
प्रारम्भिक चरणमा कोरियोग्राफर रोजिन शाक्य, मिस नेपाल पिस २०१७ की विजेता सनम थापा मगर, डा. स्मृती मास्के प्रधान, तेयन शर्मा, नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमला लगायत निर्णायक रहेका थिए ।
प्रारम्भिक अडिसनबाट छानिएका प्रतियोगी केही दिनमै प्रिशिक्षमा जुट्दै छन् । प्रशिक्षणको क्रममा उनीहरुलाई सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण दिइने नेक्टस् मोडल नेपालकी प्रबन्ध निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।
आगामी बैशाख ७ गते होटल सोल्टी क्राउन प्लाजमा फाइनल स्पर्धा हुने प्रतियोगितामा शिर्ष बिजेता सहित फष्टरनर अप, सेकेन्ड रनर अपका साथमा बिभिन्न आधा दर्जन बिधामा बिजेता छानिने छन् ।
यो प्रतियोगिताको शिर्ष विजेताले एक लाख नगदका साथै अमेरिका र अष्ट्रेलिया अध्यायनका लागि छात्राबृती समेत जित्न सक्ने आयोजकले जनाएको छ ।

Give Your Opinion On "मिस नेपाल पिसका लागि २६ प्रतियोगि छनौट"