‘रातो टिका निधारमा’ भित्रिए खुश्बु र साम्राज्ञी

काठमाडौ । निर्माता तथा निर्देशक अशोक शर्माले बनाउन लागेको नयाँ चलचित्र ‘रातो टिका निधारमा’का लागि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र खुश्बु खड्का फाइनल भएका छन् ।

शर्माले यी दुबैलाई हालै फाइनल गरेका हुन् । चलचित्रका लागि यसअघि नै नायिका नीता ढुंगाना, कलाकार रविन्द्र झा लगायत फाइनल भैसकेका छन् । चलचित्रको छायांकन वैशाखबाट सुरु हुनेछ । चलचित्रलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने योजनामा अशोक लागेका छन् ।

चलचित्रबाट नायक शर्माले आफ्नै छोरा अंकित शर्मालाई डेब्यू गराउने तयारी समेत गरेका छन् । यसो भएको खण्डमा चलचित्रमा अंकित र साम्राज्ञीको जोडी जम्नेछ ।

Give Your Opinion On "‘रातो टिका निधारमा’ भित्रिए खुश्बु र साम्राज्ञी"