‘लाहुरेको छोरी’ सार्वजनिक

काठमाडौं । केही दिन पहिले ललितपुरको देउराली भन्ने रमणीय स्थानमा पुगेर छायाँकन गरिएको म्युजिक भिडियो सार्वजनिक भएको छ । राजकुमार महर्जन निर्माता, गायक रुपेश डङ्गोलको स्वर रहेको लोक, पप शैलिको मर्मस्पर्सी गीत ‘लाहुरेको छोरी’को भिडियो डब्लु.पि.इन्टरटेन्टमेन्टको युट्युव मार्फत सार्वजनिक भएको हो ।

 

न्हुच्छे महर्जनको शब्द, सङ्गीत रहेको भिडियो प्रदीप सिह थापाले निर्देशन गरेका हुन् । भिडियोमा जोनि बब्बल, अहिलेकी ब्यस्त मोडल अनु पराजुली लगायतका कलाकारहरुले अभिनय गरेका छन् । भिडियोलाई दिबस राजकर्निकार र निमा रायले खिचेका छन् ।

Give Your Opinion On "‘लाहुरेको छोरी’ सार्वजनिक"