‘छायांछवि डी सिने अवार्ड’को नयाँ संस्करण सुरु

काठमाडौं – ११ वर्षदेखि नियमित आयोजना हुँदै आएको इएनआई डी सिने अवार्डको नयाँ संस्करण सुरु भएको छ । अवार्डको एघारौं संस्करण अर्थात ‘डी सिने अवार्ड २०७५’का लागि जुरीहरुले चलचित्र हेर्ने काम शुरु भएको छ । नेपाली चलचित्र उद्योगकै इतिहाँसमा पहिलो पटक १० औं फिल्मी अवार्ड गर्न सफल इएनआइ छायांछवि डी सिने अवार्डको ११ औ संस्करणका लागि चलचित्र दर्तासँग सँगै निर्णायकहरुले हेर्ने काम पनि शुरु भएको आयोजक छाँयाछबि क्रियसनका अध्यक्ष शान्ति प्रियले बताए ।

‘हाम्रै कला हाम्रै संस्कृति हाम्रै सिनेमा, सभ्य भव्य सुसंस्कृत चलचित्रको चाहना’ भन्ने मूल नाराका साथ आयोजना हुँदै आयो यो अवार्ड २०६६ सालबाट प्रारम्भ भएको हो ।
यो अवार्ड मूख्यतया डिजिटल फम्र्याटलाई आधार मानेर तत्कालिन अवस्थामा प्रारम्भ गरिए पनि समयको परिवर्तन सँगसँगै चलचित्रहरु पूर्णत डिजिटल हुन पुगेपछी स्वतः डीजिटल फम्र्याटका चलचित्रहरुले सहभागीता जनाउने गरेका छन् । पूँजीले मात्र होइन प्रविधिबाट पनि चलचित्रको गुणस्तर विकाश गर्न सकिन्छ भन्ने मान्यतालाई प्रोत्साहन गर्नुका साथै प्राविधिक एवं कलाकारलाई हौसला प्रदान गर्नका निमित्त डी सिने अवार्ड गरिने गरेको प्रियको भनाई रहेको छ ।

यस वर्ष प्रदर्शन भइसकेका÷भइरहेका ९४ चलचित्रहरुले इएनआई छायांछवि डी सिने अवार्ड –०७५मा सहभागीता जनाइरहेका छन् । ९४ चलचित्रलाई ‘प्रिजज’ बाट सिफारिस गरिएपछी मात्र यि निर्णायकहरुले चलचित्र हेरिरहेका छन् । अवार्डको निर्णायकमा वरिष्ठ कलाकार, लेखक तथा निर्देशक मोहन निरौला, निर्णायक संयोजकको रुपमा रहेका छन् भने निर्णायकहरुमा बरिष्ठ पत्रकार, निर्देशक विजयरत्न तुलाधर, निर्देशक राजेन्द्र उप्रेती तथा नेपाल कै पहिलो महिला छायाँकार सवनम मुखिया छन् ।

नेपालकै प्रतिष्ठित एवं विश्वसनिय अवार्डका रुपमा हेरिने गरिएको इएनआई छायांछवि डि सिने अवार्ड –०७५ यसपटक आगामी बैशाख २१ गते काठमाडौंमै आयोजना गरिने आयोजक संस्था छायाँछविले जनाएको छ । अवार्डको मुख्य प्रायोजक एस टी सी ग्रुप अन्तरर्गतको इएनआई लुब्रिकेन्टस् रहेको छ ।

Give Your Opinion On "‘छायांछवि डी सिने अवार्ड’को नयाँ संस्करण सुरु"