हलमा देखियो सलिनको क्रेज

काठमाडौं – गत शुक्रबारबाट प्रदर्शनमा आईको फिल्म ‘यात्रा ः अ म्युजिकल भ्लग’ लाई सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ । रिलिजकै दिन शुक्रबार आयोजित विशेष शो मार्फत सेलिब्रेटीको मन जित्न सफल भएको फिल्मलाई दर्शकले पनि ’उत्कृष्ट’ भनेका छन् । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते विभिन्न हलमा पुगेका सलिनमान बनियाले दर्शकसँग प्रतिक्रिया लिदै शुभकामना आदानप्रदान गरे । नयाँ वर्षको शुभकामना दिदै दर्शकको प्रतिक्रिया लिन हलमा पुग्दा सलिन दंग थिए ।
’दर्शकको सकारात्मक प्रतिक्रियाले उत्साहित भएको छु’ उनले भने ’यो न्यु इयरमा दर्शकसंग म छु र म संग दर्शक हुनहुन्छ ।’ उनललाई आफ्नो अगाडी पाउँदा दर्शक पनि दंग थिए । उनले राजधानीका हल मुख्य हल भिजिट गरेका थिए भने गोपीकृष्ण मुभिज चाबहिल र अष्टनारायण पिक्चर्स बालाजु बाइपास रोड मिडियाकर्मी पनि सलिनसंग थिए ।

सलिन सहित यात्रा टिम हलमा आउंदै छ भन्ने थाहा पाएपछि दर्शकहरु सलिनको एक झलक पाउन र छुन तछाडमछाड गरिरहेका थिए । सलिनसंगै सलोनले पनि दर्शकको माया फिल गरे । ’दर्शकले दिनु भएको सकारात्मक प्रतिक्रियाले हिजो दुखलाई भुलेका छौ’ सलोन भन्छन् ’मेरो सहयोगी क्यारेक्टरलाई दर्शकले रुचाउनु भएको छ , नानी कति जाति है भन्ने खालका कमेन्ट पाएको छु ।’ सलिन र सलोनसंगै हल भिजिटमा दर्शकको प्रतिक्रिया लिन डेब्यु गर्ल मलिका महत , रेअर राई , प्रेक्षा बज्राचार्य , जान्वी बस्नेत , निर्देशक सम्राट शाक्य , निर्माता सुशील पोखरेल , कार्यकारी निर्माता सर्जुमान लिगल , प्रस्तुतकर्ता चिजकुमार श्रेष्ठ र वितरक गोपालकाजी कायस्थ पुगेका थिए ।

वितरक गोपालकाजि कायस्थले सलिनको क्रेज हलमा देखिएको बताए । फिल्मले मनोरंजनसंगै सोसल म्यासेज पनि दिएकोले यसको वर्डअफ माउथले आउँदा दिनमा दर्शक तानिनेमा निर्माण पक्ष विश्वस्त छन् । फिल्ममा भ्लगको माध्यमले ल्याउन सक्ने परिवर्तन र गर्न सकिने सकारात्मक कामलाई देखाइएको छ । फिल्ममा सलिनले पाँच पंक्षी समुह लिड गरेका छन् । फिल्ममा जय नन्द लामा , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , देशभक्त खनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहेको छ भने विशेष भूमिकामा दीपकराज गिरी पनि छन् ।

यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा कलाकार केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह( निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् ।

फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिचेका हुन् । फिल्ममा प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेकोछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेकोछ ।

Give Your Opinion On "हलमा देखियो सलिनको क्रेज"