०७५ मा भित्रिएका १० हट एण्ट ब्युटी

काठमाडौँ– अघिल्लो वर्षको तुलनामा ०७५ मा डेब्यु गर्ने हिरोइनको सङ्ख्या धेरै देखियो । यो वर्ष दुई दर्जनभन्दा बढी युवती हिरोइनका रूपमा फिल्म क्षेत्रमा देखापरे । केही भविष्य खोज्दै फिल्म अभिनयमा भित्रिएका पाइन्छ भने केही रहर पूरा गर्न यो रोजेको बताउन हिचकिचाएनन् ।

०७५ को सुरुवात अर्थात वैशाख ७ मा रिलिज भएको पहिलो फिल्म ‘स्वर्ग मेरो गाउँमा’देखि वर्षको अन्तिम अर्थात भोलि चैत २९ गते शुक्रबार रिलिज हुने फिल्म ‘यात्रा’ र ‘ए मेरो हजुर ३’ सम्मका करिब आधा फिल्ममा नवअभिनेत्रीको डेब्यु देख्न सकिन्छ ।

साक्षी लम्साल, सुजाता थापा र भावना गुरुङ, आरोही शर्मा, सृष्टि कार्की,  पूजा तिवारी, गङ्गा रानामगर, कविता गुरुङ, अलिसा शर्मा, शिवानी गिरी, एन्जिला खड्गी, सनम मल्ल, इलिजा गौतम, कामना भुजेल, कमला वली, आश्मा गिरी, करुण श्रेष्ठ, सुपुष्पा भट्ट, शुभेच्छा खड्का, रेवती क्षेत्री, प्रियङ्का सिंह ठकुरी,  प्रियङ्का एमजी, उपासान सिंह ठकुरी, शिल्पा मास्के, निरिषा बस्नेत, क्रिस्टिन पौडेल, सुहाना थापा, मालिका महत यो वर्ष अभिनयमा भित्रिएका अभिनेत्री हुन् । यीमध्ये अभिनय, प्रस्तुति, चर्चा र निरन्तरताका आधारमा यो वर्ष डेब्यु गरेका आसलाग्दा अनुहार यी हुन् ।

मालिका महत 
भोलि (शुक्रबार)बाट प्रदर्शनमा आउने फिल्म ‘यात्रा ः म्युजिकल भ्लग’की हिरोइन् हुन् मालिका महत । फिल्मको ट्रेलर सार्वजनिक भएसँगै चर्चामा रहन सफल उनको चर्चा अहिले पनि सेलाएको छैन । फिल्मको ट्रेलर र गीतमा देखिएको उनको अभिनयलाई धेरैले सकारात्म प्रतिक्रिया दिइरहेका छन् । नवनिर्देशक सम्राट शाक्यको निर्देशनमा केशव भट्टराईले निर्माण गरेको यो ‘यात्रा’ प्रदर्शन अगाडि उनलाई केही फिल्मका अफरसमेत आएका छन् । तर पहिलो फिल्मको नतिजा नहेरी अन्य नखेल्ने भन्दै उनले फिल्म वेटिङमा राखेकी छन् । डेब्यु फिल्ममै जोखिम मोलेर दृष्टिविहीनको भूमिका निर्वाह गरेकी मालिका अभिनयमै भविष्य खोज्ने उद्देश्यले भित्रिएकी हुन् ।

निरिसा बस्नेत 
भारतीय टेलिशृङ्खला चन्द्र नन्दिनी अभिनय अनुभव भएकी निरिसा वसन्त अधिकारी निर्देशित फागुनमा प्रदर्शनमा आएको ‘जानी नजानी’ फिल्मबाट डेब्यु हिरोइन हो । पुराना अभिनेता, निर्माता तथा निर्देशक विश्व बस्नेतकी छोरी निरिसाको अभिनय धेरैले रुचाए । आसलाग्दी हिरोइनका रूपमा धेरैले हेरेकी उनी अभिनयमै करिअर बनाउने उद्देश्यले मुम्बईमा सङ्घर्षरत छिन् । डेब्यु फिल्म सफल नभए पनि उनी आफूलाई धरै फिल्मका अफर आइरहेको बताउँछिन् । ‘नेपाली होस् या हिन्दी सबै फिल्म खेल्छु’ उनले भन्ने गरेकी छन् ।

करुणा श्रेष्ठ 
‘मिस कलेज २०१२’ को विजेता करुणा फिल्म ‘१०० कडा १०’ बाट अभिनयमा भित्रिएकी हुन् । डेब्यु फिल्मबाट राम्रो चर्चा पाउन सफल उनको फिल्म अभिनयसमेत समीक्षकले रुचाएका थिए । विज्ञापन चलचित्र, म्युजिक भिडियो अभिनयपछि फिल्म रोजेकी उनीसँग टेलिभिजन कार्यक्रम प्रस्तोताको समेत अनुभव छ । सायद त्यसैले होला धेरै निर्माता निर्देशकको नजरमा उनी पहिलेदेखि नै थिइन् । एक्सन फिल्म गर्न मन लागेको बताउने उनीसँग अहिले केही फिल्मका अफर छन् ।

आश्मा गिरी 
‘ड्रिम गर्ल’ फिल्मबाट डेब्यु गरेकी आश्मालाई सम्भावना बोकेकी हिरोइनका रूपमा लिइन्छ ।  ऋषिराज आचार्य निर्देशित यो फिल्ममा उनले राम्रो अभिनय प्रस्तुत गरेकी थिइन् । अभिनयलाई रहरभन्दा पनि करिअरका रूपमा लिएको उनी बताउँछिन् । ड्रिम गर्लपछि अन्य फिलम अभिनय अफर आइरहेको बताउने उनी पढाइ र अभिनय एकसाथ अगाडि बढाइरहेकी छन् । उनी अहिले एक प्रोजेक्टमा आबद्ध भइसकेकी छन् ।

सुपुष्पा भट्ट 
‘रणवीर’ फिल्मकी हिरोइन् हुन् सुपुष्पा भट्ट । उनको यो डेब्यु फिल्म हो । रणवीरले सोचेजस्तो व्यावसायिक सफलता हात पार्न नसकेपछि उनको अभिनयले भने तारिफ पायोे । रणवीरपछि उनले स्प्राइटको विज्ञापनमा गरिन् । अभिनयलाई करिअरका रूपमा अगाडि बढाउने बताउँदै आएकी उनलाई फिल्मको अफर आइरहेका छन् । तर राम्रो फिल्मको कुन हो भनेर छान्न समय लागेको बताउँछिन् ।

उपासना सिंह ठकुरी 
अभिनेता अनमोल केसीको फिल्म ‘क्याप्टेन’की हिरोइन् हुन् उपासना । १७ फागुनबाट प्रदर्शनमा आएको यो फिल्म अभिनेता भुवन केसीले निर्माण गरेका हुन् । ‘क्याप्टेन’ अभिनयपछि उनलाई सम्भावना बोकेकी हिरोइनका रूपमा हेरिएको छ । क्याप्टेनले राम्रो व्यवसाय गर्न नसकेपछि उपासनाको डिमान्ड भने बढेको छ । उनलाई ‘कबड्डी’को तेस्रो सिक्वेलका लागि अफर गरिएको समाचार अहिले बाहिर आएको छ ।

सुहाना थापा 
सफल अभिनेत्री तथा निर्देशक अभिनेत्री झरना थापाकी छोरी हुन् सुहाना । होम प्रोडक्सनको ‘ए मेरो हजुर–३’बाट अभिनयमा डेब्यु गरेकी छन् । भोलि शुक्रबारबाट उनको फिल्म प्रदर्शनमा आउँदैछ । तर चर्चा भने हिट हिरोइनको जस्तो छ । आफ्नी आमाबाट प्रभावित रहेको बताउने सुहाना फिल्ममै करिअर बनाउन चाहन्छिन् । यो फिल्ममा उनको जोडी अनमोल केसी बनेका छन् । सायद त्यसैले पनि होला उनी फिल्म सफल हुने आसमा छिन् ।

शिल्पा मास्के 
शिल्पा मास्ककोे डेब्यु नेपाली फिल्म ‘द ब्रेकअप’ हो । उनले हलिउड फिल्म ‘डक्टर स्ट्रन्ज’मा पनि सानो भूमिका निर्वाह गरेकी थिइन् । केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी शिल्पाको दोस्रो फिल्म ‘कागजपत्र’ पनि यसै वर्ष आएको थियो । दुवै फिल्मको व्यवसाय राम्रो नभए पनि उनी भने अभिनयमा व्यस्त छिन् । हाल उनी ‘सानो मन’ नामक फिल्मको सुटिङ गरिरहेकी छन् । उनको हातमा फिल्म पर्ने क्रम जारी नै छ ।

शिवानी गिरी  
सिक्किम निवासी शिवानी गिरीले ‘कहीँ कतै’ फिल्मबाट अभिनयमा डेब्यु गरेकी हुन् । २५ साउनबाट देशभर प्रदर्शनमा आएको यो फिल्म उनी क्युट रूपमा प्रस्तुत भएकी थिइन् । सविर श्रेष्ठको निर्देशन रहेको ‘कहीँ कतै’ अभिनयमा बोल्ड छवि बनाएकी अभिनेत्री उमा ‘बेबी’ गिरीले निर्माण गरेकी हुन् । उमा शिवानीको आमा हुन् । मिस भारत र मिस हिमालयनकी फस्ट रनरअप विजेतासमेत रहेको उनलाई सम्भावना बोकेकी हिरोइनका रूपमा समेत हेरिएको छ । आधा दर्जनभन्दा बढी र्याम्प सो अनुभव भएकी उनलाई फिल्मका आफर त थुप्रै छन् । तर खेल्ने नखेल्ने उनले सार्वजनिक गरेकी छैन् ।

शुभेच्छा खड्का 
फिल्म ‘रणवीर’की हिरोइन् हुन् शुभेच्छा खड्का । प्रेम र द्वन्द्वले भरिएको यो फिल्मबाटै उनले अभिनयमा डेब्यु गरेकी हुन् । गोविन्दसिंह भण्डारीको निर्देशन रहेको फिल्मले व्यावसायिक सफलता भने हात पार्न सकेन । मिस नेपाल इन्टरनेसनल–२०१२ की विजेतासमेत रहेकी शुभेच्छा फिल्म अभिनयका कारणले भने चर्चामा रहन सफल भइन् । शुभेच्छाका हातमा अहिले केही फिल्म रहेको चर्चा छ ।

Give Your Opinion On "०७५ मा भित्रिएका १० हट एण्ट ब्युटी"