‘आमा’को फस्टलुक अर्ध मुण्डन सुरक्षा

काठमाडौं । ‘पशुपति प्रसाद’ जस्तो समिक्षक र दर्शकको मनमा बस्न सफल फिल्म निर्देशन गरेका दीपेन्द्र के खनालको कथा, पटकथा तथा निर्देशन रहेको फिल्म ‘आमा’को फस्टलुक सार्वजनिक भएको छ ।

निर्माण युनिटले दशैको अवसर पारेर दुई पोष्टर फष्टलुकको रुपमा बाहिर ल्याएको हो ।
नेपालमा बनेको पहिलो फिल्म ‘आमा’को नाम सापटी लिदै बनेको फिल्म शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । सार्वजनिक फस्टलुक कलाकार मिथिला शर्मा र सुरक्षा पन्त देखिएका छन् । सुरक्षा अर्ध मुण्डनमा देखिएकी छिन् ।

सार्वजनिक पोस्टरले सुरक्षाले सामाजिक संस्कृतिलाई हटाउदै आफैले आमाको लागि कपाल मुण्डन गरेको अनुमान गर्न सकिन्छ ।

फागुन ९ गतेबाट प्रदर्शनमा आउने यो फिल्म डीएस डिजिटलको ब्यानरमा निर्माण भएको हो । फिल्मले आमा र छोरीको कथालाई उठान गरेको छ ।

सुरक्षा र मिथिलाको अलवा फिल्ममा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको मुख्य भूमिका छ । फिल्मलाई निर्देशक खनाल आफैले खिचेका हुन् ।

Share

Give Your Opinion On "‘आमा’को फस्टलुक अर्ध मुण्डन सुरक्षा"